x


ख्वप कलेज अफ लका विद्यार्थीहरूद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग सङ्कलन
भक्तपुर — ख्वप कलेज अफ लमा अध्ययनरत बीएएलएलबी दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले भोटेकोशी बाढी पीडितका लागि स्वेच्छिक आर्थिक सहयोग सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
गत मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको थियो। यसै विपत्तिबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याथउने उद्देश्यले कलेजका विद्यार्थीहरूले आ-आफ्नो कक्षामा स्वेच्छाले चन्दा सङ्कलन गरेका थिए।
सङ्कलन कार्य दोस्रो वर्षमा ओम साङ माया लामा, तेस्रो वर्षमा समृद्धि सिंह र चौथो वर्षमा सेजल बस्नेतको संयोजकत्वमा सम्पन्न भएको थियो। कलेजका बिद्यार्थीहरु मध्येबाट दोस्रो वर्षले रु. ६,०५५।-, तेस्रो वर्षले रु. १५,६५०।- र चौथो वर्षले रु. २,६०५।- गरी जम्मा रु. २४,३१०।- कोषमा जम्मा भएको छ। सङ्कलित रकम कलेज प्रशासनको सहजीकरणमा नेपाल बैंक लिमिटेड, भक्तपुर शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
कलेज प्रशासनले यस्तो विपत्तिको घडीमा सहयोगको हात बढाउने विद्यार्थीहरू तथा सङ्कलन कार्यलाई सहजीकरण गर्ने संयोजकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।